काठमाडौं १७ चैत ।संयुक्त राष्ट्रसंघ मातहत शान्ति कायम गर्न खटिने सुरक्षाकर्मीको संख्या १० हजारसम्म पुर्याउन तयार रहेको नेपालले जनाएको छ ।
शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघको ६१ औं साझेदारीको अवसरमा राष्ट्रसंघ मूख्यालय न्यूयोर्कमा सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संयुक्त राष्ट्रसंघको मागअनुसार संख्या बढाउन सकिने बताएका हुन् ।
संयुक्त राष्ट्रसंघ मूख्यालयमा आयोजित शान्ति स्थापनाका लागि मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उनले शान्ति मिसनमा परिचालित हुने नेपाली सेना तथा प्रहरीका लागि राष्ट्रसंघीय मूख्यालय र शान्ति मिसनको उच्च तहको नेतृत्वमा सहभागिताको मागसमेत गरेका छन् ।
विभिन्न ११ देशका १२ मिसनमा रहेर काम गरिरहेको नेपाल उत्कृष्ट पाँचौं मुलुक हो । हालसम्म शान्ति स्थापनार्थ खटिने क्रममा नेपालमा ७३ सुरक्षाकर्मीले ज्यान गुमाइसकेका छन् । -नागरिक दैनिकबाट