Logo

‘नेपाल अवसर नै अवसर भएको देश हो, संकल्प गर्यौं भने देश बनाउन सक्छौं’



काठमाडौं, १७ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष एवम् प्रमुख संरक्षक डा. उपेन्द्र महतोले राष्ट्रको विकास र समृद्धिको लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा आइतबार आयोजित विशेष समारोहमा सम्बोधन गर्दै उनले भने,‘विकास र समृद्धिको सवालमा हामीबीच एकमत हुनुपर्छ । यसको लागि मिडियाले सशक्त भूमिका निर्वाह गर्नुपर्छ ।’

अहिले सबै नेपालीमा देश बनाउने भावना जागृत भएको बताउँदै डा. महतोले विकास र समृतिको लागि उत्साहित वातावरण निर्माण भएको तर्क गरे । उनले भने,‘नेपाल सबै हिसाबले अवसर नै अवसर भएको देश हो । हामीले संकल्प गर्यौं भने देश बनाउन सक्छौं ।’

महतोले देश बनाउने क्षमता र योग्यता नेपालीहरुमा भएको बताए । उनले भने,‘हामी नेपालीहरु जे ठान्छौं, त्यो गर्न सक्छौं । देशको गौरवलाई माथि उठाउनको लागि हामी सक्षम छौं । त्यो किसिमको क्षमता हामीमा छ ।’

पुँजीको कम लगानीमा बौद्धिक र शारिरीक मेहनतका कारण पत्रकार ऋषि धमला स्थापित भएको महतोको भनाई छ । उनले भने,‘एउटै काममा लगातार लागिरहने व्यक्तित्वको रुपमा मैले ऋषि धमलालाई लिएको छु । उहाँ अथक प्रयास र मेहनतका कारण आज स्थापित हुनुभएको छ । रिपोर्टर्स क्लब नेपाललाई हार्दिक बधाई छ । मिडियाको मुख्य धर्म भनेको नै सत्य लेख्नु र तथ्य खोज्नु हो । यो उधेश्यमा क्लब अविचलित रहोस् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot