काठमाडौं १८ चैत । असिना र पानीसँगै आएको हावाहुरीले मध्य तराइको बारा, पर्सा र रौतहटमा ठुलो धनजनको क्षति भएको छ । हावाहुरीका कारण कम्तिमा ३१ जनाको मृत्यु भएको छ । बारा जिल्लामा मात्रै २८ जनाको मृत्यु भएको छ ।
पर्सामा एक जनाको मृत्यु भएको छ । ४ सय जना घाइते भएका छन । ईट्टा भट्टाको चिम्नी ढलेका छन, घर। पलीटएका छन गाडी पनि पल्टिएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाका विषयमा गहिरो दुःख व्यक्त गर्नु भएको छ ।
आइतबार साँझको भीषण हावाहुरीका कारण बारामा मात्रै २८ जनाको ज्यान गएको पुष्टि भएको छ । चारसयभन्दा धेरै घाइते भएका छन् । घाइतेको वीरगञ्ज र कलैयाका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । अस्पताल घाइतेले भरिएका छन् ।
राति भएका कारण उद्दारको काम प्रभावकारी हुन नसकेको र सोमबार उज्यालो हुनेबित्तिकै उद्दारको काम तीव्र रुपमा भैरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । हावाहुरीपछि विद्युत्त अवरुद्ध भएकाले राति उद्दारको काम प्रभावकारी हुन नसकेको हो ।