Logo

चिकित्सकसहितको हेलिकप्टर बारा पुग्यो, अध्यक्ष महतो आँफै खटिए उद्धारमा



काठमाडौं, १८ चैत । नेपाल मेडिसिटी अस्पतालको चिकित्सक सहितको टोली आवश्यक मेडिकल उपकरण सहित हेलिकप्टरमा बारा पुगेको छ । बारामा गएराती भएको भिषण हावाहुरीका कारण दुर्घटनामा परेका घाइतेहरुको उद्धार एवं उपचारका लागी नेपाल मेडिसिटी अस्पतालले आफ्ना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली बारा पठाएको छ ।

त्यसैगरी अर्को मेडिकल टोली भेन्टिलेटर सहितको एम्बुलेन्समा त्रिभुवन विमानस्थलमा तयारी अवस्थामा राखिएको छ ।नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो पनि विरामीहरुको आवश्यक सहयोग र समन्वयका लागि यतिबेला बारामा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot