Logo

सरकारद्धारा घाइतेको उपचारमा उच्च प्राथमिता



काठमाडौँ, १८ चैत । आइतबार साँझ तराईको बारा र पर्सामा भएको विनाशकारी हावाहुरीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन र घाइतेको उपचार गर्न सरकारले उच्च प्राथमिता दिएको जानकारी गराएको छ ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, राज्यमन्त्री डा सुुरेन्द्र यादव, सचिव चन्द्रकुमार घिमिरे, विभागका महानिर्देशक डा गुणराज लोहनी क्षतिका बारेमा स्थलगत निरक्षण गर्न अहिले प्रभावित क्षेत्रमा पुगेका छन ।

मन्त्रालयले सहसचिवद्वय चिकित्सक रमेश खरेल र चिकित्सा महाशाखाका प्रमुख दीपेन्द्ररमण सिंहको नेतृत्वमा विशेषज्ञ चिकित्सक टोली समेत परिचालन  गरेको छ । साथै उनीहरुले ती जिल्लामा घाइतेको उपचार तथा अन्य कार्यको समन्वय समेत गर्नेछन।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवको अध्यतामा आज बसेको स्वास्थ्य आपतकालीन तथा विपत् व्यवस्थापन एकाइले हावाहुरी प्रभावित क्षेत्रमा घाइतेको उद्धार, उपचार तथा अन्य सहयोगका लागि आफ्ना सबै संयन्त्र परिचालन  गरेको जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस्