Logo

बारा र पर्साका पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग पौडेलको माग



काठमाडौं, १८ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हावाहुरीका कारण पीडित बनेका बारा र पर्साका पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

कांग्रेस नेता पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै बारा र पर्सा जिल्लामा भएको मानवीय क्षतिबाट नेपाली कांग्रेस र आफू निकै मर्माहत भएको बताएका छन्। आइतबार राति अचानक आएको हावाहुरीबाट बारा र पर्सामा २८ जना सर्वसाधारणले ज्यान गुमाउनुका साथै चार सयभन्दा धेरै घाइते भएका छन्।



प्रतिक्रिया दिनुहोस्