Logo

बारा/पर्सा हावाहुरी : मृत्तकका परिवारलाई राजपाले ५ लाख दिने, उद्वारमा लाग्न निर्देशन



काठमाडौं, १८ चैत । बारा र पर्सामा आइतबार राति आएको हावाहुरीका कारण ज्यान गुमाएका परिवार तथा अन्य पीडितका लागि राष्ट्रिय जनता पार्टी नेपालले पाँच लाख राहत उपलब्ध गराउने भएको छ।

राजपाका महासचिव केशब झाले दिएको जानकारी अनुसार उक्त घटनाका पीडितलाई सहयोग उपलब्ध गराउने पार्टीले घोषणा गरेको जानकारी दिए । उनकाअनुसार पीडितको उद्धार र राहतका लागि राजपाले केन्द्र सरकारलाई आग्रह गरेको छ।

पार्टीले आफ्ना नेता तथा कार्यकर्तालाई उद्धारका लागि खट्न पनि निर्देशन दिईसकेको पनि उनले जानकारी दिए । राजपाले कार्यकर्ता, उद्योगी, व्यवसासायि र आम जनतालाई पीडितलाई मलम लगाउन राहत संकलनका लागि पनि आग्रह गरेको छ।

FILE PHOTO/Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्

Screenshot