काठमाडौं १९ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल)को सोमबार राति खेलिएको खेलमा सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटलले हार व्यहोरोको छ । दिल्ली किंग्स ११ पञ्जावसँग १४ रनले पराजित भएको हो।
मोहली क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले टस जितेर पहिले बलिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६६ रन बनाएको थियो । १६७ रनको लक्ष्य पाएको दिल्ली १९.२ ओभरमा १५२ रन बनाउँदा अलआउट हुन पुग्यो।
१६७ रनको सामान्य लक्ष्य पाएको दिल्लीका लागि कप्तान कप्तान श्रेयस इयर, शिखर धावन, रिसब पन्त र कोलिन इन्ग्रामले मध्य स्कोर बनाए भने अन्यले ५ रन भन्दा बढी बनाउन सकेनन चार व्याट्म्यानले क्रमश २८, ३०, ३८ र ३९ रन बनाएको , यस खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले पनि ब्याटिङको मौका पाएका थिए । अन्नपूर्णपोष्टबाट