Logo

अनुसन्धानमा नेपाली पोख्त : प्रधानमन्त्री ओली



काठमाडौं २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरू परापूर्वकालदेखि नै अनुसन्धानमा पोख्त भएको बताएका छन् । विद्वान् पुर्खाका सन्तान भएकाले ‘जेनेटिक मेमोरी’ ले नेपालीलाई अध्ययन अनुसन्धानमा पोख्त बनाएको उनको भनाइ थियो ।

पुर्खाले आफ्नो अभ्यासलाई सैद्धान्तीकरण गर्न नसकेको उनले औंल्याए । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४२ औं प्राज्ञसभालाई मंगलबार सम्बोधन गर्दै उनले पुर्खाले अध्ययन अनुसन्धान गरेरै धेरै कुरा पत्ता लगाई त्यसकै उपयोग दैनिक जीवनमा भइरहेको बताए । ‘जंगलका झारपात जडीबुटीका रूपमा प्रयोग गर्नु पनि त्यसकै एउटा उदाहरण हो,’ उनले भने ।

उनले नास्टलाई समृद्ध नेपाल, सुखी नेपालीलाई गन्तव्यमा राखेर नयाँ-नयाँ अनुसन्धानमा लाग्नसमेत सुझाए । परिवर्तित सन्दर्भमा परिवर्तित तवरले नास्टलाई अघि बढाउनुपर्ने उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले बताए । उनले भने, ‘अब नास्टलाई स्मार्ट बनाउनुपर्ने बेला आयो ।’ उनले समाजका लागि विज्ञान प्रविधि तथा समृद्घकिा लागि ‘नवप्रवर्तन’ लाई केन्द्र मा राखी भावी कार्यदिशा तय गर्नुपर्ने उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot