Logo

‘ओके म्यागेजिन’ बिरुद्ध निक–जोनस



काठमाडौं,२१ चैत्र । बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गाएक निक जोनसको विवाह भएको चार महिना मात्र भएको छ। तर बिवाह भएको छोटा समयमा नै सम्बन्धविच्छेदको हल्लाले सबैको ध्यान आकर्षण गरेको छ। सञ्चार माध्ययममा आएको खवरलाई मान्ने हो भने अन्तर्राष्ट्रिय म्यागजिन ‘ओके’ले दाबी गरेको थियो कि प्रियंका र निकको सम्बन्धविच्छेद हुँदै छ । नव बिवाहित जोडीको बारेमा लेख्दै ओकेले भनेको छ ‘विवाहपछि एक–अर्काको कमजोरीबारे थाहा भयो र उनीहरू अब साथै रहन चाहँदैनन् ।’

तर, अहिले यो समाचारमा कुनै सत्यता नभएको प्रमाणित भईसकेको छ । म्यागजिनले आफ्नो पत्रिकाको बिक्री बढाउन यसो गरेको आकलन पनि छ । जतिवेला प्रियंका र निक परिवारसँग अमेरिकाको मियामीमा छुट्टी मनाइरहेका थिए, त्यतिवेला नै यो समाचार भइरल भएको थियो ।

प्रियंका र निक यो समाचारलाई लिएर खुब दुःखी भएको बताइएको छ । दुवैले ओके म्यागजिनविरुद्ध कानुनी कारबाहीमा जाने कुरा सोचिहेको उनीहरूनिकट साथीले बताएका छन् ।प्रियंकाको नजिकका अर्का साथीलाई उद्धृत गर्दै एक अनलाइनले लेखेको छ कि यदि प्रियंका सो नकारात्मक खबरविरुद्ध उत्रिइन् भने उनलाई कसैले रोक्नेछैन । उनले भनेका छन्, ‘यदि यस्तो भयो भने ओकेले ठूलो मूल्य चुकाउनुपर्नेछ ।’ एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot