Logo

चलचित्र ‘अधोरी’को टिजर सार्वजनिक(भिडियोसहित)



काठमाडौं,२१ चैत्र । नेपाली कथानक चलचित्र ‘अधोरी’को टिजर सार्वजनिक गरिएको छ । बिलभ्ड इन्टर्टेनमेन्ट प्रा लि को प्रस्तुति रहेको चलचित्र ‘अघोरी’को टिजर बुधवारमात्र ओएसआर डिजिटल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । चलचित्र ‘अघोरी’को निर्देशन भोमन कटुवालले गरेका छन भने राधादेवी कटुवालले यो चलचित्रलाई निर्माण गरेकी हुन ।

चलचित्रमा मुख्य कलाकारको रुपमा प्रज्वल गिरी, शारदा राज्यलक्ष्मी शाह, मुनम मल्ल ठकुरी, उमेश खड्का, बिन्दा तामाङ, सुरबिर पन्डित, अमीन कार्की, तारा शाही ठकुरी, सुशील पोख्रेल, किरण संग, अनिता नेगि र पर्बिन तामाङ्गको प्रमुख भुमिका रहेको छ ।

सुबास देबकोटाको सम्पादन रहेकोे यस चलचित्रमा पबन गौतमको छायांकन तथा रजु किराँतले द्वन्द्व निर्र्देशन गरेका छन । चलचित्रकोलागि दिपक शर्मा, ओम सुनार, सरोज कोइराला, सुमन राई र मदन बराइलीले संगीत भरेका छन् ।

डा। कृष्णहरि बराल, मिस्टर आरजे, ओम सुनार र रुबेन पुन मगरको शब्द रहेको यस चलचित्रमा मेलिना राई,ओम सुनार,सुमन राई ,सरोज कोइराला र योजना पूरीले स्वर दिएका छन् । चलचित्र आगामी असोज १७ गतेबाट प्रर्दशनको तयारी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot