काठमाडौं,२७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा बैशाख १३ गते शैलुङ महोत्सवको उद्घाटन हुने भएको छ । तिनदिन सम्म चल्ने उक्त महोत्सवलाई नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले समापन गर्ने कार्यक्रम रहेको आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
दोलखा,रामेछापका शैलुङ,दोरम्बा र मेलुङ गाँउपालिकाद्धारा आयोजना हुन गैरहेको सो महोत्सवकोे बारेमा जानकारी गराउदै आयोजक शैलुङ पर्यटन महोत्सव मुल समारोह समितिले महोत्सव र शैलुङमा पर्यटन सम्भावनाको बारेमा प्रष्ट पारेको छ ।
एतिहासिक, पुरातात्विक,जैविक विविधतायुक्त मनोरम दृष्य भएको,सयभन्दा बढि थुम्काहरु रहेको, आदिवासि जनजातीहरुको बाहुल्यता रहेको शैलुङलाई देश तथा बिदेशमा चिनाउनको लागि महोत्सवको तयारी भईरहेको आयोजकको दावी रहेकोे छ ।
फोटोः मुकुन्द कालिकोटे/ReportersNepal