Logo

पार्टीलाई‘नम्बर वान’बनाएर अघि बढ्छुः सभापति देउवा



बनेपा, २७ चैत । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र एकता खोज्नेहरुले व्यवहारमा पनि एकता प्रदर्शन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ को नौबिसेमा नेपाली काङ्ग्रेस क्षेत्र नं १ को पार्टी कार्यालय भवन शिलान्यास एवं बृहत् आमसभा कार्यक्रममा उहाँले भन्नुभयो, “म सधैँ पार्टीलाई एकताबद्ध बनाउने पक्षमा छु, यस कार्यमा सिटौलाजीले सहयोग गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।” उहाँले सरकारले शान्तिसुरक्षा दिन नसकेको आरोप लगाउनुभयो ।

पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले जनाताको चाहनाअनुसार काम गर्न नसकिरहेको अवस्थामा सरकारले गरेका त्रुटिलाई औँल्याएर पार्टी जनताका बीचमा पुग्न सक्नुपर्ने बताउनुभयो । “एकता, सिद्धान्त, नीति र कार्यक्रमका आधारमा हुनुपर्छ,” उहाँले भन्नुभयो ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य प्रदीप पौडेल, शिवप्रसाद हुमागार्इं, जिल्ला सभापति मधुप्रसाद आचार्य लगायतले सो कार्यक्रममा आआफनो धारणा राख्नुभएको थियो ।

सो भवन निर्माण गर्न रु ११ लाखमा डेढ रोपनी ९२५ आना० जग्गा चार वर्षअगाडि खरीद गरिएको थियो । भवन शिलान्यास कार्यक्रममा पार्टीको नेता तथा कार्यकर्ताबाट रु १० लाख रकम जम्मा भइसकेको नेपाली काङ्ग्रेस क्षेत्र नं १ का सचिव गुणराज मोक्तानले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्