Logo

नेपाल चिकित्सक संघको सरकारलाई ७२ घण्टे अल्टिमेटम



काठमाडौँ,२८ चैत्र । नेपाल चिकित्सक संघले सरकारी चिकित्सकहरुको माग सम्बोधन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।नेपाल चिकित्सक संघलेले ७२ घण्टा भित्र पनि सरकारी चिकित्सकहरुको माग सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका हुन्।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले सरकारविरुद्धको आन्दोलनलाई झनै एकतावद्ध भएर अघि बढाउन पनि देशभरका सबै चिकित्सकहरुलाई आह्वान गरेका छन्।

संघले जब्बरजस्ती समायोजन गरेर सरकारले चिकित्सकहरुलाई पीडा दिने, प्रहरीलगाएर दूव्र्यवहार गर्ने काम गरिरहेको भन्दै आपत्ति पनि जनाएको छ। स्थानीय सरकार मातहत रहने गरी सरकारले चिकित्सकहरुको पनि समायोजन गरेपछि त्यसको विरोधमा सरकारी चिकित्सकहरु आकस्मिक बाहेकका सरकारी अस्पतालका सबै सेवा बन्द गरी आन्दोलनमा रहेका छन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot