Logo

सिरहा अस्पतालमा औषधिको चरम अभाव



लहान, ४ वैशाख । जिल्ला अस्पताल सिरहामा औषधिको चरम आभाव भएको छ । विगत एक वर्षदेखि औषधिको आपूर्ति हुन नसक्दा जिल्ला अस्पतालमा औषधिको चरम अभाव भएको हो । कूल ५० श्ययाको उक्त अस्पतालमा हाल कुनै पनि औषधि नरहेको अस्पतालले जनाएको छ ।

जिल्ला अस्पतालबाट ७० प्रकारको औषधि निःशुल्क वितरण गर्ने व्यवस्था छ । निःशुल्क वितरण गर्ने भनिए पनि जिल्ला अस्पताल सिरहामा अहिले कुनै प्रकारको औषधि नरहेको अस्पतालका अस्पतालका मेडिकल सुपरीटेण्डन्ट नागेन्द्र यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालमा एक वर्षदेखि औषधिको आपूर्ति हुन सकेको छैन् । अस्पतालमा आवश्यक औषधि नहुँदा बिरामी निजी क्लिनिकबाट चर्को मूल्यमा औषधि खरीद गर्न बाध्य छन् ।

औषधिको अभाव भएको बारेमा पटक÷पटक सम्बन्धित निकायमा जानकारी गराउँदा आपूर्ति नभएको गुनासो गर्नुभयो । सङ्घीय व्यवस्थाअनुसार नगरपालिका कार्यालयले औषधि खरीद गरी अस्पताललाई औषधि उपलब्ध गराउनुपर्ने भए पनि नगरपालिका यसतर्फ गम्भीर नभएको मेसु यादवको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot