Logo

जनप्रतिनिधिले जनताको भावनाअनुसार कार्य गर्नुपर्छः मन्त्री पण्डित



विराटनगर, ४ वैशाख । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनप्रतिनिधिले जनताको भावनाअनुसार कार्य गर्नुपर्ने बताउनुभएको छ ।

विराटनगर–६ बुद्धचौकस्थित मुस्लिम कम्युनिटी सेन्टरद्वारा निर्माण गर्न लागिएको मुसाफिर खाना ९सामायिक भवन०को आज शिलान्याश गर्दै उहाँले जनतालाई सपना बाँड्ने होइन, योजना अनुसार कार्य गरेमा मात्र समाजमा सकारात्क प्रभाव पर्ने र जनप्रतिनिधि पनि सफल हुने विचार व्यक्त गर्नुभयो ।

मन्त्री पण्डितले पुरानो इतिहास बोकको विराटनगर शहरलाई जोगाउन सबै समुदायको सहयोग आवश्यक रहेको बताउँदै शहरमा आवश्यक पर्ने सम्पूर्ण सुविधाका विकास गरी काठमाडाँैपछि दोस्रो ठूलो शहर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सामाजिक सद्भावसहित राजनीतिक सद्भाव भएमा मुलुकमा विकासले गतिलिने तथा जनता सुखी र समृद्ध हुने उल्लेख गर्दै उहाँले सामाजिक एकताबाट मुलुकमा समृद्धि कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०केन्द्रीय सदस्यद्वय विनोद ढकाल र महेश रेग्मीले सम्पूर्ण जातजातिको भाषा, धर्म, संस्कृति र वेषभूषाको संरक्षणवाट मात्र मुलुकमा समृद्धि आउने बताउनुभयो ।

कम्युनिटी सेन्टरका अध्यक्ष जावेद नवि इराकीको सभापतित्वमा सम्पन्न सो समारोहमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, उद्योग सङ्गठन मोरङका भीम घिमिरेलगायतले मुसाफिर खाना निर्माणबाट यस क्षेत्रका सम्पूर्ण समुदायलाई सहज भएको धारणा व्यक्त गर्नुभयो ।

रु दुई करोडमा खरीद गरिएको चार कठ्ठा जग्गामा २८ हजार स्क्वायर फिटमा पार्किङसहित पाँच तल्ले सो भवन निर्माणका लागि रु १८ करोड खर्च लाग्ने इञ्जिनीयर पवन झाले बताउनुभयो ।

इस्लामिक संस्कृति झल्कने उक्त भवनमा नवाज पढ्ने ९प्रार्थना हल०, २५० जना अट्ने दुई सभाहल र ४५ कोठा रहने छ भने पार्किङमा ३० वटा चार पाङ्ग्रे सवारीसाधन र सय मोटरसाइकल राख्न सकिन्छ ।रासस



प्रतिक्रिया दिनुहोस्