Logo

पत्रकार महासंघले बुझायो प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र (फोटोफिचर)



काठमाडौं,५ बैशाख । विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै उक्त दफा खारेजीको माग गरी पत्रकारले धर्ना दिएका छन् । नेपाल पत्रकार महासङ्घ काठमाडौँको अगुवाइमा पत्रकारले प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्र्दै जिल्ला प्रशासन कार्यालय अगाडि आज एक घण्टा धर्ना दिएका हुन् ।

महासङ्घ काठमाडौँ शाखाले पत्रकारमाथि भएको धरपकट रोक्नुपर्नेलगायतका माग राख्दै प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत् गृहमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएको छ । सोही अवसरमा पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष शान्तराम बिडारीले समाचार लेखेकै कारण पत्रकारलाई धरपकड गरी दुःख दिने कार्य तत्काल रोक्नुपर्ने माग गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै उक्त दफा खारेजीको माग गर्दै देशभर सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ । महाङ्घले प्रेस स्वतन्त्रताको माग गर्दै आज गृहमन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनसमेत बुझाउने भएको छ ।

फोटोः मुकुन्द कालिकोटे/ReportersNepal



प्रतिक्रिया दिनुहोस्