Logo

विपद् व्यवस्थापनको तयारी परिपक्व हुनुपर्छ: मुख्यमन्त्री पौडेल



हेटौँडा, ५ वैशाख । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ‘विपद् बाजा बजाएर आउँदैन’ भन्ने बुढापाकाको उखान आत्मसात् गर्दै विपद् व्यवस्थापनको तयारी परिपक्व हुनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालयको आयोजना तथा प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको समन्वयमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रदेश ३ स्तरीय अन्तत्र्रिmयामा मुख्यमन्त्री पौडेलले मुलुकका तीनवटै तहका सरकारले विपद्को समयमा राहत र सहयोगको काम गर्नुपर्ने बताउनुभयो ।

विपत्तिमा तमासे बन्ने धेरै हुने बताउँदै उहाँले अब सबै निकाय एकैपटक उद्धार र राहतमा निस्कने गरी योजना तयार पार्नुपर्ने धारणा राख्नुभयो । मुख्यमन्त्री पौडेलले विपद् जोखिम न्यूनीकरणमा सरकार लागिपरेको र जस्तोसुकै विपद् आउँदा पूर्वतयारीको उद्देश्यले प्रदेश सरकारले अग्रीम तयारी गर्ने उल्लेख गर्नुभयो ।

प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मट्टेलले विपद् जुनसुकै समयमा आउन सक्ने हुनाले यसको पूर्वतयारीमा रहन सुरक्षा निकायलाई निर्देशन दिनुभयो । विपद् व्यवस्थापनका लागि आवश्यकपर्ने उद्धार तथा राहत सामग्री पहिले नै तयारी अवस्थामा राख्नुपर्ने उहाँको भनाइ थियो । रासस



प्रतिक्रिया दिनुहोस्