Logo

आज अपराह्न राजधानीमा विशेष साङ्गीतिक कार्यक्रम



काठमाडौँ, ७ वैशाख । नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको सत्तरीऔँ वार्षिकोत्सवका अवसरमा आज अपराह्न राजधानीमा विशेष साङ्गीतिक कार्यक्रम हुँदैछ ।

नेपाल र फ्रान्स सरकारले पारस्परिक दौत्य सम्बन्ध स्थापना भएको सत्तरीऔँ वार्षिकोत्सव यो वर्ष नेपाल र फ्रान्समा विविध कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेअनुरुप आज फ्रान्सको प्रख्यात साङ्गीतिक फ्राङ्क बेरेन्डेको टोलीले विविध साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्ने परराष्ट मन्त्रालयले जनाएको छ ।

सोही कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपालका लागि फ्रान्सका राजदूत फस्वा जाभिए लेजे र सत्तरीऔँ वार्षिकोत्सवका निम्ति नेपाल र फ्रान्सकी सद्भावनादूत शृङ्खला खतिवडाले विशेष सम्बोधन गर्नुहुनेछ ।रासस



प्रतिक्रिया दिनुहोस्