Logo

सरसफाइ अभियानले बुद्घनगर अब निकै सफा



तीर्थ भट्टराई-काठमाडौँ, ७ वैशाख । बुद्घनगर सरसफाइ अभियान आजदेखि चार वर्ष पूरा गरी पाँच वर्ष लागेको छ भने बुद्घनगर क्षेत्रका सडक हिजोआज निकै सफा देखिन्छन् ।

अभियानअन्तर्गत आज बुद्घनगर गणेशस्थान आसपास २०९ औँ हप्ताको सफाइ गरी आजको कार्यक्रम समापन गरियो । बुद्घनगर सरसफाइ समूहद्वारा २०७२ वैशाख ५ गते शुरु गरिएको सफाइ अभियानले चार वर्ष अनबरत रुपमा सफाइ गरेपछि बुद्घनगर क्षेत्रमा जथाभावी फोहर फाल्ने प्रवृत्तिको अन्त्य भएको र सडक सफा देखिन थालेको स्थानीयवासी बताउँछन् ।

यस सफाइ अभियानको शुरुदेखिकै एक प्रमुख अभियानकर्मी पूर्व सांसद मोहन राई अभियानमा आफू २०९ मध्ये २०७ हप्तामा अनवरत संलग्न रहेको बताउनुहुन्छ । “एक÷दुई हप्ता मात्र आफू यहाँ नहुँदा अभियानको कार्यक्रम छुट्यो, त्यसबाहेक कुनै हप्ता छुटाएको छैन, एकोहोरो भएर लागिरहेकै छु । घाम पानी, जाडो गर्मी नभनी हामी खटेका छौँ, कुनै हप्तामा त दुई जनाले मात्र पनि सञ्चालन ग¥यौँ”, उहाँ भन्नुहुन्छ ।

अभियानबाट टोलमा के सुधार आएको छ त रु भनी प्रश्न गर्दा राई भन्नुहुन्छ, “हामीले गरेको कामबाट धेरै परिवर्तन आएको छ । मानिसमा जनचेतना बढेको छ । सडक सफा हुनुका साथै जथाभावी फोहर फाल्ने प्रवृत्तिमा धेरै कमी आएको छ । यहाँ जथाभावी फोहर फालिने र फोहर कुहिएर गनाउने अवस्था छैन ।”

पत्नी, दुई छोरी तथा परिवारका अन्य सदस्यसहित सफाइमा खट्नु भएका राई भन्नुहुन्छ “मुख्य कुरा त जनचेतना नै हो, हामीबाट सिक्दै अहिले शङ्खमूल, त्रिपुरेश्वर, भोटेबहाल, बबरमहल, बिजुलीबजार, आलोकनगर, शान्तिनगरतिर पनि सफाइ अभियान थालिनु हाम्रा लागि खुशीको कुरा हो ।”

अभियानअन्तर्गत सफाइ क्रममा बुद्घनगर क्षेत्रमा ७०० डस्टबिनको रुपमा राखिएको र सबैतिर गरी दुई हजार बाल्टिन राखिएको पनि उहाँले जानकारी दिनुभयो । यसपटक भने सफाइ मात्र नभएर नयाँ कामको थालनी पनि गरिएको बताउनुहुँदै पूर्वसांसद राईले यस वर्षदेखि पाँच जना विपन्न तथा जेहेन्दार बालबालिका छनोट गरी दश कक्षा ९एसइई० सम्म पढ्न छात्रवृत्ति प्रदान गरिने जानकारी दिनुभयो । यो सङ्ख्यालाई अर्को वर्ष १० पु¥याइने पनि उहाँले बताउनुभयो ।

सफाइ अभियानकै शुभेच्छुक के सहयोग गर्न सकिन्छ भनेर सहयोग गर्न तयार हुनुहुन्छ र जापानमा रहेका एक शुभेच्छुक पञ्च मगरले यसका लागि रु २५ हजार प्रदान गरिसक्नुभएको पनि उहाँले जानकारी दिनुभयो । बुद्घनगरकै इन्नोभेटिभ इङ्ग्लिश स्कूलको सहकार्यमा ती बालबालिकालाई पढाइने पनि उहाँले बताउनुभयो ।

भोजपुरको खावामा जन्मनुभएका राई यसअघि नेपाली काङ्ग्रेसबाट संविधानसभामा समानुपातिकबाट सांसद हुनुुहुन्थ्यो भने उहाँ पूर्व ताइक्वान दो खेलाडी तथा राष्ट्रिय खेलकूद परिषद्का पूर्व कोषाध्यक्ष पनि हुनुहुन्छ ।

शुरुदेखि नै सफाइ अभियानका संयोजक तथा थर्ड आई युथ क्लबका पूर्वअध्यक्ष सुवास राई अभियानले यस टोलको सफाइमा ठूलो सुधार आएको बताउनुहुन्छ । “पहिले सरसफाइ गर्दा दुई गाडासम्म फोहर निक्लन्थ्यो अहिले भने दुई बोरा पनि निस्कन गाह्रो छ । हामीले गरेको काम खास गरी जनजागरणका लागि मात्र हो, अब त घरबाट बाहिर आउने फोहर कम भइसकेको छ”, उहाँ भन्नुहुन्छ ।

यस अभियानमा धेरै स्थानीयवासी सहभागी हुनुभएको र खासगरी पूर्वसांसद राईका साथै स्थानीय समाजसेवी शम्भू तामाङ, शतिश तण्डुकार, पशुपति गमाल, मणिरत्न चित्रकार, थमन थापा, ज्ञानेन्द्रप्रसाद घिमिरे, कल्याण पाण्डे आदि सक्रियतासाथ अभियानमा लाग्नुभएको पनि उहाँले जानकारी दिनुभयो ।

अभियानले गरेको काम कत्तिको प्रभावकारी छ भनी प्रश्न गर्दा बुद्घनगरमा पसल सञ्चालन गर्ने भगवती घिमिरे भन्नुहुन्छ, “सडकमा फोहर धेरै कम भएको छ, तर पोलमा राखिएका बाल्टिनबाट पनि फोहर सङ्कलन राम्रै भएता पनि बाल्टिनमा घर घरको फोहर थुपारी दिँदा चाँडै भरिने र व्यवस्थित नभएकाले ती बाल्टिन भने सडक किनाराका पसलवालाले नै हटाएका छन् । उहाँका अनुसार जथाभावी फोहर फाल्न भने धेरै कम भएको छ ।

केही वर्ष अघिसम्म हिलो र धुलोले व्याप्त यस क्षेत्रमा सरसफाइ अभियानका साथै धेरैजसो सडक कालोपत्रे पनि भइसकेकाले बुद्धनगर हिजोआज निकै सफा देखिन्छ ।रासस



प्रतिक्रिया दिनुहोस्