Logo

चर्चाले भरिएको समन्ध बिच्छेद



काठमाडौँ,९ बैशाख । विश्व चर्चित बेलायती गायिका एडेलको सम्बन्ध विच्छेदको खवरले अहिले समाजिक सञ्जाल तातिरहेको छ । एडेल र उनका श्रीमान साइमन कोनेक्कीले सम्बन्ध विच्छेद गरेको खवर अहिले सबैको चर्चाको बिषय बनेको छ । गायिका एडेलका प्रतिनिधिले सम्बन्ध विच्छेदबारे जानकारी दिए लगत्तै अन्तर्राष्ट्रिय सञ्चार माध्यममा बिषयले चर्चा पाएको हो ।

 

जारी वक्तव्यमा एडेल र साइमल छोराको संयुक्त रुपमा पालनपोषण गर्न प्रतिबद्ध रहेको उल्लेख गरिएको छ । एडेलले सन् २०१२ छोरा एन्जेलो जन्माएकी हुन् । उनले पाँच वर्षको प्रेम सम्बन्धपछि सन् २०१६ मा साइमनसँग विवाह गरेकी हुन् ।उनीहरुले गोप्य र निजी समारोहमा विवाह गरेका थिए । दुवैले सम्बन्ध विच्छेदको कारण खुलाएका छैनन् र आफूहरुको वैयक्तिक गोपनियताको सम्मान गरिदिन आग्रह गरिरहेका छन ।

एडेलले आफ्नो विवाहबारे पहिलोपटक सार्वजनिक रुपमा सन् २०१७ को ग्रामी अवार्ड समारोहमा जानकारी गराएकि थिईन ।आफ्नो बिवाहको कुरालाई सार्वजनिक गर्दे उनले त्यो बेला श्रीमान साइमनलाई धन्यबाद दिएकी थिइन् ।उनका १९, २१ र २५ गरि तीन एल्बम छन् । उनको पहिलो एल्बम सन् २००८ मा सार्वजनिक भएको थियो । उक्त एल्बमका चेसिङ्ग पेभमेन्ट र होमटाउन ग्लोरी बेलायतको टार्चमा पहिलो नम्बरमा पुगेका थिए ।

त्यसपछिको दोस्रो एल्बम अमेरिका र बेलायतसहित विश्वका ३० देशको चार्टमा पहिलो नम्बरमा पुगेको थियो । उनको तेस्रो एल्बम, २५, पहिलो हप्तामै कीर्तिमानी ८ लाख प्रति बिक्री भएको थियो । उक्त एल्बमले सन् २०१५ मा सबैभन्दा बढि बिक्री हुने एल्बमको किर्तीमानि पनि बनाउन सफल भएको थियो ।एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्