Logo

रणवीर सिंहको हातमा दीपिकाको चप्पल, तस्विर बन्यो भाईरल



काठमाडौं,११ बैशाख । बलिउड कलाकार रणवीर सिंह र दीपिका पादुकोणको एक तस्विर अहिले समाजिक सञ्जालमा भाईरल बनिरहेको छ । मुम्बईमा समपन्न एक बिहेको भोज कार्यक्रममा सहभागीहुने क्रममा लिईएको त्यो तस्विरले अहिले चर्चा बटुलिरहेको छ । सार्वजनिक तस्विरमा रणवीर कालो पोशाकमा सजिएरका देखिन्छन भने दीपिका रातो र सेतो रंगको पोशाकसँगै साडीमा देखा परेकी छन ।

यी दुईको एउटा यस्तो तस्वीर सार्वजनिक भएको छ, जसमा रणवीर सिंहले हातमा चप्पल स्याण्डल समाएको देख्न सकिन्छ । त्यतिबेला दीपिका अतिथिसँग भेटघाट गर्नमा व्यस्त हुन्छिन् । त्यहाँ रणवीर दीपिकाको पछि हुन्छन् । उनको हातमा दीपिकाका स्याण्डल हन्छन् ।

पत्नीका स्याण्डल लिएको त्यो तस्वीरले सामाजिक सञ्जालमा प्रसंसकहरुले खिल्ली उडाईरहेको छन ।उक्त बिहे भोजमा रणवीर र दीपिकाको जोडीले सबैको ध्यान खिचे । यी दुईलाई प्रफेक्ट जोडीका रुपमा पनि लिने गरिएको छ ।

रणवीर सिंहको यस वर्ष ‘गल्ली ब्याइ’ रिलिज भएको थियो । फिल्मले बक्स अफिसमा शानदार व्यापार गरेको थियो । समाजिक सञ्जालमा केही दिनअघि मात्र सोनम कपूरका पति आनन्द आहूजाले सोनमको जुत्ताको फित्ता बाँधेको तस्वीर पनि भाइरल भएको थियो ।



प्रतिक्रिया दिनुहोस्