Logo

राष्ट्रपति भण्डारी बेइजिङमा



बेइजिङ, १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा आज सान्सी प्रान्तबाट राजधानी बेइजिङ आइपुग्नुभएको छ ।

उहाँलाई बेइजिङ अन्तरराष्ट्रिय विमानस्थलमा चिनियाँ पराष्ट्र मन्त्रालयका उपमन्त्री कोङ सुयानयु तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङ्ची र बेइजिङस्थित नेपाली राजदूतावासका कर्मचारीलेस्वागत गर्नुभयो ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना हुने दोस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल’ कोअपरेशन ९अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च० मा सहभागी हुनुहुनेछ । उहाँले उक्त मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहनुभएको छ । रासस



प्रतिक्रिया दिनुहोस्