Logo

काङ्ग्रेस तत्काल महाधिवेशनमा जान आवश्यक



जीतपुर, १५ वैशाख । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको तत्काल महाधिवेशन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

कपिलवस्तुको बाणगङ्गा नगरपालिका–४ जीतपुरमा भएको कार्यक्रममा उहाँले काङ्ग्रेस केन्द्र र प्रदेश कहीँ पनि सत्तामा नरहेकाले महाधिवेशन गरेर अगाडि बढनुपर्नेमा जोड दिनुभयो । काङ्ग्रेस जिल्ला कार्य समिति कपिलवस्तुद्वारा आयोजित कार्यक्रममा नेता कोइरालाले सरकार असफल भएको अरोप लगाउनुभयो ।

काङ्ग्रेस केन्द्रीय सदस्य अत्तहर कमाल मुसलवान, पूर्वराजदूत दीपकुमार उपाध्याय र सांसद अभिशेक प्रताप शाहले सरकारलाई जनताले नरुचाएको र काङ्ग्रेसले प्रतिपक्षको भूमिका राम्रोसँग निभाउन नसकेको आरोप लगाउनुभयो । पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आचार्य, पूर्वपार्टी सभापति राजेश आर्चाय, सुधाखर पाण्डे, प्रदेशसभा सदस्य रिना नेपाल, नेपाल विद्यार्थी सङ्घ क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

उपभोक्ता मञ्चमा नयाँ नेतृत्व

उपभोक्ता हित संरक्षण मञ्च कपिलवस्तुको दोस्रो अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । स्थापनाको १३ वर्षपछि भएको अधिवेशनले भेषराज पाण्डेको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्ष सुरेन्द्रराज लम्साल, सचिव राजेन्द्रप्रताप शाह, सहसचिवमा रामप्रकट कोरी र कोषाध्यक्षमा सुशिला बेल्वासेलाई चयन गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot