Logo

भारतीय लोकसभा निर्वाचन अन्तर्गत चौथो चरणको मतदान जारी



काठमाडौं, १६ वैशाख । आज भारतीय लोकसभा निर्वाचन अन्तर्गत चौथो चरणको मतदान भइरहेको छ । आजको निर्वाचनमा कुल ९६१ उमेद्वारको जितहारको छिनोफानो हुनेछ । ९ राज्यका विभिन्न ७१ सिटको लागि हुने निर्वाचनमा १२.७१ करोड मतदाताको सहभागी हुनेछन् ।

यो चरणको निर्वाचनमा धेरैको ध्यान विहारको बेगुसराईको सिटमा कायम छ । यस निर्वाचन क्षेत्रबाट चर्चित पूर्व–विद्यार्थी नेता कन्हैया कुमार केन्द्रीय मन्त्रीसमेत रहेका भाजपा उमेद्वार गिरिराज सिंहविरुद्ध उमेद्वार छन् ।

त्यस्तै अर्का उमेद्वार तनवीर हसनलाई पनि उत्तक्कै बलियो मानिएको छ । विहारमा बलियो मानिने लालु प्रसाद यादवको राष्ट्रिय जनता दलका उमेद्वार हसनसमेत प्रतिस्पर्धा त्रिपक्षिय देखिन्छ ।

कन्हैया जेएनयू विद्यार्थी नेता हुदाँ भारत विरोधी नारा लगाएको आरोपमा मुद्धा परेपछि राष्ट्रिय नजरमा परेका थिए । पछि उक्त नारा लगाइएको भिडियो ‘डक्टर्ड’ भएको पत्ता लागेको थियो । जेलबाट रिहा भएपछि विद्यार्थीमाझ उनले दिएको सम्बोधनले उनलाई भारतभर चर्चित बनायो ।

पछिल्लो समय कन्हैया कुमार मोदीका नीति र कार्यशैलीको प्रखर आलोचक रहदैं आएका थिए । उनको निर्वाचनमा ¥यालीमा सहभागी हुन आएका धेरै सार्वजनिक व्यक्तित्व पनि मुख्यत मोदी आलोचकहरु नै थिए ।  कलाकार प्रकाश राज, स्वारा भाष्कार, शवाना आज्मी र गितकार जावेद अख्तरजस्ता मोदीका आलोचक उनको प्रचारमा सहभागी भएका थिए ।

तीन प्रतिस्पर्धी मध्य गिरिराज सिंहले मोदी र हिन्दूको नाममा मत मागिरहेका देखिन्छन् । अर्का उमेद्वार तनवीर हसन त्यस क्षेत्रको दोस्रो ठूलो मतदाता समुदाय मुलसमान मत आफूलाई आउनेमा ढुक्क छन् ।



प्रतिक्रिया दिनुहोस्