Logo

राष्ट्रपति भण्डारीद्वारा नेपाली प्याभिलियनको उद्घाटन



बेइजिङ, १६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र र मार्ग मञ्चमा भाग लिन आउनुभएका विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमखुसँगै अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनी २०१९ को उद्घाटन समारोहमा सहभागी हुनुभयो ।

बेइजिङको दक्षिण पश्चिमी बाहिर भागमा केन्द्रबाट करीब ७० किलोमिटरभन्दा अधिक दूरीमा अवस्थित कुनमिङ नगरमा आयोजित उक्त प्रदर्शनीको चिनियाँ राष्ट्रपति चिनफिङले उद्घाटन गर्नुभयो । उहाँले यसै प्रदर्शनीबाट विश्वको सबै कुनामा हरित विकासको धारणा फैलन सक्ने आशा व्यक्त गर्नुभयो ।

यस प्रदर्शनीको नारा ‘हरियालीमा बाँच, राम्रोसँग बाँच’ ९लिभग्रिन, लिभ बेटर० रहेको छ । १६२ दिनको यस प्रदर्शनीमा ११० मुलुकको सहभागिता रहेको छ । राष्ट्रपति भण्डारीले उक्त प्रदर्शनीमा रहेको नेपाली प्याभिलियनको उद्घाटन गर्नुभयो ।

राष्ट्रपति भण्डारी आइतबार माउन्ट उताईस्थित महान् स्वेत चैत्य ९ग्रेट ह्वाइट पगोडा० को अवलोकन गर्नुभयो । सान्सीप्रान्तको उताई पहाडी भागमा अवस्थित यो इँटाले बनेको छ । यसलाई सरिरा वाताइयुआन मन्दिर पनि भनिन्छ । सरिराको अर्थ बौद्ध अवशेष हुन्छ यो चैत्यको अग्लाइ करीब १६४ फिट छ इँटाले बनेको यस चैत्यमा चुन पोतिँदा यो सेतो देखिन्छ । यस संरचनाको माथिल्लो भाग उल्टो कचौराको जस्तो देखिन्छ । यसमा १३ तह रहेका छन् र छत तामाले बनेको छ । छतमा २५२ वटा साना गोलाकार छन् । रासस



प्रतिक्रिया दिनुहोस्