Logo

जीवनले आफुसंग दोश्रो पटक खेल खेलेको श्वेताको भनाई



काठमाडौं,१६ बैशाख । दिल्लीको’बीएलके सुपर स्पेसियालिटी’ अस्पतालमा उपचार गराईरहेकि नायिका श्वेता खड्काले आफ्नो दोश्र्रो जीन्दगी पाएको भन्दै सामाजिक सञ्जाल मार्फत जानकारी गारएकि छिन् । हालै शल्यक्रिया गरेर ट्युमर निकालिएको जानकारी गराउँदै उनले शल्यक्रिया सफल भएपछि आफुले दोस्रो जीवन पाएको बताएकी हुन ।

श्वेताले सोमबार बिहान आफ्नो आधिकारिक फेसबुक अकाउन्टबाट यसबारे जानकारी दिँदै जीवनले आफूसँग दोस्रो पटक खेल खेलेको धारणा जनाएकि छन ।उक्त घटनापछि आफूले जीवनबारे अर्को पाठ सिकेको उनको धारणा जनाएकि छन कहिले के हुन्छ हामीलाई थाहा हुँदैन, जीवनले कता डोहोर्याउँछ, त्यो पनि थाहा नहँुने उनको अभिव्यक्ति रहेकोे छ ।

 

फिल्म ‘हेलो जिन्दगी’ को सुटिङका लागि लण्डन रहेकि उनलाई स्वास्थ्यमा खराबी देखिएपछि अचानक दिल्ली पुर्याइएको थियो ।उनले स्वास्थ्यका कारण फिल्ममा केहि समय काम गर्न नसक्ने बताउँदै हेलो जिन्दगीको समूहसँग माफी मागेकी छिन् । डरलाग्दो अवस्थालाई आफूले पुनः जीत्न सफल भएको पनि उनले जानकारी गारएकि छिन्।



प्रतिक्रिया दिनुहोस्