Logo

‘फानी’ को असर नेपालमा, चक्रवातको असर पूर्वी क्षेत्र र हिमाली क्षेत्रमा पर्न सक्ने



काठमाडौं १९ बैशाख । बंगालको खाडीको दक्षिण पूर्वी भागमा विकसित झएको शक्तिशाली चत्रवात ‘फानी’को असर नेपालसम्मै पर्न सक्ने मौसमविद्हरुले प्रक्षेपण गरेका छन् । शुक्रबार अपरान्हपछि नेपालको पूर्वी भू–भाग भएर फानी नेपाल प्रवेश गर्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए ।

‘त्यो चक्रवातको असर पूर्वी क्षेत्र र हिमाली क्षेत्रमा पर्न सक्ने प्रारम्भिक अनुमान छ’,पौडेलले कान्तिपुरसित भने,‘त्यो चक्रवातको असरस्वरुप हिमाली भू–भागमा भारी हिमपात र हावाहुरीको सम्भावना छ।’

अहिले प्रिमनसुनको समय भएको र चक्रवातको असर मिसिए पूर्वी र मध्यका स्थानहरुमा हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद्हरुका अनुसार बंगालको खाडीको दक्षिण पूर्वी भागमा विकसित भैइरहेको ‘फानी’ बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेको छ। ‘बिहीबारबाट यो प्रणाली उत्तर पूर्वतिर लाग्ने देखिन्छ’ महाशाखाले विशेष बुलेटिनमा भनेको छ, ‘शुक्रवारबाट यो प्रणाली भारतको उडिसा आसपास मोडिने देखिन्छ।’ शुक्रवार अपरान्हअघिसम्म नेपालमा यसको भने प्रभाव खासै नपर्ने पौडेलले उल्लेख गरे।

शुक्रबार अपरान्हपछि भने यसको असर देखिन सक्ने सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्