काठमाडौं १९ बैशाख । एक पैसामा पनि सामान किन्न पाइन्छ ? पत्याउनै नसकिने गरी वीर अस्पतालमा अक्सिजन सिलिन्डर ट्रली, ह्विलचेयर, बिरामी सुताएर गुडाउन मिल्ने ट्रलीलगायत स्वास्थ्य उपकरण एक पैसाको दरमा खरिद गरिरहेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पताल खरिद इकाईले हजारौं पर्ने स्वास्थ्य उपकरण एक पैसामा खरिद गरिरहेको हो ।
पछिल्लो पटक अस्पतालले बुधबार श्री श्रेष्ठ साइन्टिफिक ट्रेडस (सप्लायर्स फर्म) को टेन्डर स्वीकृत ग¥यो । निवेदन दिने चार फर्ममध्ये सबभन्दा सस्तो मूल्यमा सामान दिने कबोलेकाले श्री श्रेष्ठको टेन्डर स्वीकृत भएको हो । अरुले १० हजारसम्म तोकेको उपकरण यो फर्मले एक पैसामा दिने भएको छ ।
अस्पतालले १७ वटा स्वास्थ्य उपकरण एक पैसाका दरले खरिद गरेको हो । वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले श्री श्रेष्ठ महँगा उपकरण एक पैसामा दिन तयार भएकामा आफू चकित भएको बताए । –कान्तिपुर दैनिकबाट