Logo

अमेरिकामा दुई जनाको हत्या आरोपीलाई मृत्युदण्ड



वासिङ्टन, २० बैशाख । दुई जनाको हत्यामा दोषी ठहर भएका एक व्यक्तिलाई संयुक्तराज्य अमेरिकाको जर्जिया राज्यमा बिहीबार मृत्युदण्ड दिइएको छ ।

जर्जिया जेल अधिकारीहरुका अनुसार बिहीबार स्थानीय समय अनुसार साँझ ९।३८ बजे ५२ वर्षिय स्कटी मोरो नामक व्यक्तिलाई घातक सुई दिएर मृत्युदण्ड दिइएको थियो ।

सन् १९९४ मा मोरोले पूर्व प्रेमिकाको घरभित्र प्रवेश गरी तीन जना महिलालाई गोली हानेकामा दुई जनाको मृत्यु भएको थियो । पूर्व प्रेमिकाको मृत्यु भएको उक्त गोलीकाण्डमा उनका पाँच वर्षीय छोरा बाँच्न सफल भएका थिए ।

मोरोलाई सन् १९९९ मा मृत्युदण्डको सजाय सुनाइएको थियो तर अदालती प्रक्रियाका कारण पुनः मुद्दा लम्बिएको थियो । जर्जिया सर्वोच्च अदालतले सन् १९९९ कै फैसलालाई सदर गरी मृत्युदण्डको सजाय सुनाएको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot