Logo

बिवाह मण्डपमै दुलाह पब्जी खेल्नमा ब्यस्त,भिडियो बन्यो भाईरल (भिडियोसहित)



काठमाडौं,२२ बैशाख । अहिलेका धेरै मानिसमाझ एउटा लोकप्रिय शब्द सुनिन्छ, जुन शब्द हो– पब्जी । पब्जी भनेको एउटा भिडियो गेम हो । यसको पूरा रुप Player Unknown Battle Grounds हो, जुन इन्टरनेटको माध्यमबाट मात्र खेल्न सकिन्छ । यो गेम विश्वमा करिब हरेक दिन २ करोड व्यक्तिले खेल्ने गर्छन् ।

अहिले पब्जी गेम भनेपछि कामधन्दा छाड्नेहरु पनि धेरै छन् । लेखपढ गर्न छाड्ने पनि छन् । यस्तो लाग्छ, उनीहरुको सपना विपना पब्जी नै हो । नेपालमा सरकारले पब्जी खेलमाथी रोक लगाउने प्रयास गरेपनि यतिवेला भने सामाजिक सञ्जालमा  एक भिडियो निकै नै भाईरल बनिरहेको छ । भाईरल भिडियोले मानिष खेलप्रति कति आकर्षित छन भन्ने अनुमान सजिलै लगाउन सकिन्छ ।

भिडियो बिवाह समारोहमा लिईएको हो जहाँ दुलाह र दुलहीको साथमा बिवाह समारोहमा थुप्रै शुभ चिन्तकहरु उपस्थित रहेका देखिन्छन । तर दुलाहले जन्ती र बिवाहलाई नै वेवास्ता गर्दे आफु पब्जी खेल्नमा नै व्यस्त रहेको भिडियोले अहिले चर्चा पाईरहेको हो ।

भिडियोका अनुसार दुलहीलाई वेवास्ता गर्दे र शुभ चिन्तकले दिन खोजेका कोसेलीहरुलाई पनि नकार्दे उक्त दुलाह पब्जी खेललाई नै निरन्तरता दिई रहेका देखिन्छन ।सायद उनले आफु दुलाह भएको पनि भुलेर पब्जी खेललाई प्राथमिक्ता दिई रहेको भिडियोले अहिले समाजिक सञ्जालमा गरम मसला बनेको छ ।



प्रतिक्रिया दिनुहोस्