Logo

जसको एक झल्को हेर्न लोभियो संसार



काठमाडौं,२६ बैशाख । ‘ड्यूक एण्ड डचेच अफ ससेक्स’ले आफ्नो नवजात शिशुको पहिलो झल्को देखाएका छन्।उनीहरू दुवै हाँस्दै गर्दा राजकुमार ह्यारीले भने, मलाई थाहा छैन उनले त्यहाँ कोबाट पाए। उनी मेरो सपना थिए।राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलले महारानीलाई उनको आठौँ र पछिल्ला पनातिसँग परिचय गराउने पुष्टि गरे।

अभिभावक भएको आफ्नो सुरुका दिनहरूबारे बोल्दै मेगनले भनिन्, यो चमत्कारजस्तै छ। एकदमै आश्चर्यलाग्दो छ। विश्वकै दुई उत्कृष्ट पुरुष मसँग छन्, त्यसैले म निकै खुसी छु।ड्यूकले भने, यो एकदमै ठूलो कुरा हो। अभिभावकत्व ग्रहण गर्नु एकदमै रमाइलो कुरा हो।

अहिले जम्मा तीन दिन भयो, तर हामी हाम्रो खुसीको आधार पाएर एकदमै उत्साही छौँ।बच्चा को जस्तो देखिन्छ भन्ने प्रश्नमा ह्यारीले भने, बच्चा दुई हप्तामा नै धेरै परिवर्तन हुन्छ भनेर मलाई धेरैले भनेका छन्।हामी कसरी परिवर्तन हुन्छ भनेर आउँदो महिनासम्म हेर्नेछौँ। तर उनको अनुहार प्रत्येक दिन परिवर्तन भइरहेको छ त्यसैले कसलाई के थाहा।

राजगद्दीका लागि सातौँ स्थानमा रहेका शिशु सोमवार ५ बजेर २६ मिनेटमा जन्मिएका हुन्।शिशु जन्मिएपछि ह्यारीले आफू र मेगन बच्चाको आगमनबाट असाध्यै उत्साही भएको बताएका थिए।ड्यूक अफ क्याम्ब्रिजले आफ्ना भाइलाई अभिभावकत्व ग्रहण गरेर निद्राविहीन समाजमा आएकोमा स्वागत गरेका छन्।

तीन सन्तानका पिता राजकुमार विलियमले सन्तान जन्मिएपछिको माहोल अलि शान्त भएपछि आफूले नयाँ अभिभावकलाई भेट्न चाहिरहेको बतएका छन्।वेल्सका राजकुमारले पनि बच्चाको जन्म भएको प्रति आफ्नो खुसी व्यक्त गरेका छन्।

डचेज अफ कर्नवालसँगको जर्मनीको औपचारिक भ्रमणमा राजकुमार चार्ल्सले भने, हामी यो समाचारबाट एकदमै खुशी भएका छौँ र फर्किएपछि बच्चालाई भेट्न चाहिरहेका छौँ।मेगनकी आमा डोरिया राग्ल्याण्ड आफ्नो पहिलो नातिको आगमनले निकै प्रसन्न छिन र आफ्नी छोरी ज्वाइँसँग छिन्।एजेन्सी



प्रतिक्रिया दिनुहोस्