Logo

प्रदेश नं ३ को प्रदेशसभाको अधिवेशन आजदेखि



प्रदेश नं ३ को प्रदेशसभाको चौंथो अधिवेशन बैठक आज अपरान्ह १ बजेदेखि शुरु हुने भएको छ । प्रदेश नं ३ प्रदेश सरकारको आव। ०७६÷७७ का लागि प्रस्तुत हुने पूर्व बजेटको विभिन्न शीर्षकका मस्यौदाबारे जेठ १ गते बस्ने बैठकमा छलफलका लागि प्रस्तुत गरिने आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आज रासससँगको कुराकानीमा बताउनुभएको हो । उहाँका अनुसार बैठकमा आगामी जेठ दोस्रो हप्तामा प्रदेश सरकारको नीति तथा कार्यक्रम र असारको पहिलो हप्ताभित्र अगामी आव।का लागि बजेट प्रस्तुत गरिने लक्ष्यका साथ तीव्र तयारी भइरहेकोे छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री ढुङ्गेलले प्रदेशसभाको चौंथो अधिवेशनमै प्रदेश नं ३ को स्थायी राजधानी तोक्ने विषयमा छलफल भई निकास निस्कने सम्भाबना पनि रहेको बताउनुभयो । बैठकमा विभिन्न विधेयक प्रस्तुत गरिने नेकपाका संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुुँयालले जानकारी दिनुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्