Logo

बेइजिङस्थित नवनिर्मित विमानस्थलमा परीक्षण उडान



चीनको राजधानी बेइजिङको एक नवनिर्मित विमानस्थलमा सोमबार बिहान परीक्षण उडान गरिएको छ ।बेइजिङ दाछिङ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएपछि यात्रुसहित सफल परीक्षण उडान गरिएको अधिकारीले जानकारी दिएका छन् ।

चाइना साउथर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स, एयर चाइना र छिमेन एयरलाइन्स गरी चार ओटा एयरलाइन्सले एउटा विमान परीक्षण उडान गरेका हुन् ।“यो परीक्षण उडानले अब उडान सेवा नियमित गर्न विमानस्थल पूर्णरुपमा तयार भएको छ भन्ने पुष्टि भएको छ,” चीनको नागरिक उड्डयन प्रशासनका प्रहरी प्रमुख वाङ छिङडोङले भन्नुभयो ।

नयाँ बनेको विमानस्थल बेइजिङको डाउनटाउनदेखि ४६ किलोमिटर टाढा पर्दछ । बेइजिङमै रहेको अर्को विमानस्थल बेइजिङ क्यापिटल इन्टरनेशनलको चाप कम गर्नका लागि यो विमानस्थल बनाइएको बताइएको छ ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्