Logo

इन्डोनेसियाको सुनखानीमा दुर्घटना



जकार्ता, ३१ बैशाख । इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा सुनखानी दुर्घटना हुँदा कम्तीमा पाँच जना खानी मजदुरको मृत्यु हुनुका साथै अरु दर्जनौं खानीभित्रै पुरिएको प्रहरीले जनाएको छ । उद्धारकर्ताहरुले खानीबाट पाँच जनाको शव निकालेका छन् । बोगोर जिल्लाको बान्तर गाउँको पोङकोर पहाडी भेगको सुनखानीमा उक्त दुर्घटना भएको हो ।

खानीमा फसेका अरु व्यक्तिको खोजी भइरहेको पनि बताइएको छ ।खानी दुर्घटनामा बाँचेकाहरुले भने खानीभित्र अरु १५ जना पुरिएको बताएका छन् । निरन्तरको वर्षाका कारण खानी दुर्घटना भएको हुनसक्ने राष्ट्रिय प्रकोप नियन्त्रण संस्थाका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले बताउनुभयो ।कठिन भौगोलिक अवस्था र निरन्तरको वर्षाका कारण उद्धारमा कठिनाई रहेको पनि उहाँले बताउनुभयो ।

इन्डोनेसियामा पुराना सुनखानी धेरै रहेका र तिनीहरु परम्परागत रुपमै सञ्चालनमा रहेका छन् । खासगरी पहाडी दुर्गम इलाकाहरुमा यी सुनखानी छरिएर रहेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्