Logo

‘बैंकहरु सामाजिक क्षेत्रमा उत्तरदायी हुनुपर्छ’



प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले वाणिज्य बैंकहरु आर्थिक क्षेत्रका साथै समाजिक क्षेत्रमा समेत उत्तरदायी हुनुपर्ने बताउनुभएको छ । एनआइसी एशिया बैंकको जनकपुरस्थित पिराडी चौक शाखाको उद्घाटन गर्दै उहाँले बैंकहरुलाई निक्षेप सङ्कलन गर्ने मात्र नभई लगानीको क्षेत्रमा पनि विविधता बढाउन सुझाव दिनुभयो ।

अहिलेको लगानी अनउत्पादक क्षेत्रमा बढी भएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारको प्राथमिकताअनुसार कृषि, रोजगारलागयत क्षेत्र पहिचान गरी लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री राउतले सामाजिक उत्तरदायित्वअन्तर्गतको रकमलाई प्रदेश सरकारसँग समन्वय गरेर शिक्षा र स्वास्थ्यको क्षेत्र खर्च गर्न आग्रह गर्नुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्