Logo

प्रधानमन्त्री मेले संसदमा ‘दमदार प्रस्ताव ’ पेश गर्ने



बेलायती प्रधानमन्त्री टरिजा मेले यूरोपेली संघ इयूबाट बेलायतको बहिर्गमन ब्रेक्जिटका लागि संसदमार्फत अर्को एउटा ‘दमदार खाका’ पेश गर्ने आइतबार बताउनुभएको छ ।

बेलायती पत्रिका सन्डे टाइम्समा प्रकाशित एक लेखमा मेले भन्नुभएको छ, “इयूबाट बेलायतको बहिर्गमनका लागि अन्तिम प्रयासस्वरूप ‘नयाँ र सुधारिएको’ प्रस्ताव संसदमा प्रस्तुत गरिने छ ।”

प्रधानमन्त्रीको उक्त भनाइप्रति प्रतिक्रिया जनाउँदै विपक्षी लेबर पार्टीले प्रधानमन्त्रीले ल्याउने उक्त प्रस्तावको विपक्षमा मतदान गर्ने बताएको छ ।

बेलायती संसदका बहुमत सदस्यले प्रधानमन्त्रीबाट यस पहिले पटक पटक ल्याइएका प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

प्रधानमन्त्री मेले आफुले ‘पहिलेकै सम्झौतामा सांसदहरूलाई पुनः सोच्न मात्र भनेको नभै’ उहाँहरूलाई सुधारसहितको प्याकेजका उपाय ल्याउन लागेकोले यसमा समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री मेको प्रस्ताव बेलायती संसदले पटक पटक अस्वीकार गरेको ब्रेक्जिट प्रक्रिया अवरूद्धतालाई समाधान गर्ने पहलस्वरूप आएको हो ।

प्रधानमन्त्रीले आफ्नो नयाँ प्रस्तावमा मतदानसँगै प्रधानमन्त्रीको कार्यालय ‘टेन डाउनिङ स्ट्रिट’ बाट बाहिरिने समयतालिका पनि तय गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्