Logo

प्रधानमन्त्री कप महिला क्रिकेट गरिने



राष्ट्रिय खेलकूद परिषद् राखेपको आयोजना तथा महाकाली स्पोट्र्स सोसाइटीको व्यवस्थापनमा यसै महिना प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिता हुनेभएको छ ।

यही जेठ २८ गतेदेखि शुरु हुने उक्त प्रतियोगिता कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महाकाली स्पोट्र्स सोसाइटीका अध्यक्ष सुमन भट्टले जानकारी दिनुभयो । प्रतियोगिता सात दिनसम्म चल्नेछ । उहाँका अनुसार प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोलीसहित आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा हरेक दिन दुई खेल हुनेछन् ।

प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख र उपविजेताले रु तीन लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले स्कुटर पाउने छन् । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले पुरुष र महिला क्रिकेट प्रतियोगिताको पुरस्कार राशिमा भेदभाव हुने गरेको भन्दै आगामी संस्करणका प्रतियोगितामा पुरस्कार राशि समान गर्न प्रयास गरिने बताउनुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्