Logo

जनभावना बुझ्न जागरण अभियानः वरिष्ठ नेता पौडेल



नेपाली काङ्ग्रेसका वरिष्ठ नेजनभावना बुझ्न जागरण अभियानः वरिष्ठ नेता पौडेलले पार्टी बलियो बनाउनका साथै जनभावना बुझ्न काङ्ग्रेसले देशव्यापी जनजागरण अभियान सञ्चालन गरेको बताउनुभएको छ ।

बुधबार कञ्चनपुरको पुनर्वास नगरपालिकाको आइविआरडीमा नेपाली काङ्ग्रेस क्षेत्र नं १ ले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा वरिष्ठ नेता पौडेलले निष्पक्ष र पारदर्शी हुन सकेमात्रै काङ्ग्रेस बलियो हुने धारणा राख्नुभयो । “यही कुरा बुझाउन म अहिले सुदूरपश्चिम प्रदेश पुगेको छु”, नेता पौडेलले भन्नुभयो, “मुलुक र प्रजातन्त्रलाई सर्वोपरी ठानेर काम गर्दैछु ।”

उहाँले मुलुकमा निरङ्कुश कदम लाद्न खोजिएको भन्दै त्यसका विरुद्धमा नेपाली काङ्ग्रेस लाग्ने बताउनुभयो । “जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्ट्याउन खाजिँदैछ, त्यो हुन दिन हुन्न”, उहाँले भन्नुभयो । प्रशिक्षण कार्यक्रममा नेता पौडेलसँगै केन्द्रीय सदस्य नारायणप्रकाश साउद, रामकृष्ण यादव, कमला पन्तलगायतका नेताको सहभागिता थियो ।रासस



प्रतिक्रिया दिनुहोस्