काठमाडौं ९ जेठ ।साइपाल गाउँपालिकाको फराली खेतमा यार्सागुम्बा टिप्न पाउनुपर्ने माग राख्दै तलकोट गाउँपालिकाका बासिन्दाले बुधबार त्यहाँसम्म पुग्ने बाटो बन्द गरिदिएका छन् ।
साइपाल–३ का बासिन्दाले सामुदायिक वनका नाममा सो ठाउँमा यार्सागुम्बा टिप्न नदिने भनेपछि तलकोट–४का बासिन्दाले नाकाबन्दी गरिदिएका हुन् । वडा ४ का पनालत, स्याहा, कुवा, लोकन्ड र जाडले गाउँ भएर मात्र साइपाल पुग्न सकिन्छ ।
१० वर्षदेखि यार्सागुम्बा टिपिँदै आएको फराली खेतमा त्यसरी रोक लगाएपछि ठूलो अन्याय भएको संघर्ष समितिका संयोजक एवं साविक मेलाबिसौना गाविसका पूर्वउपाध्यक्ष डबल जेठाराले बताए ।–नागरिक दैनिकबाट