जापानको चार दिने भ्रमणका लागि वासिङ्टनबाट छुट्नुपूर्व शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापाज– अमेरिका व्यापार सम्बन्धलाई थप स्वच्छ बनाउनुपर्ने बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका र जापानबीच रहेको व्यापार नीतिका कारण अमेरिकालाई केही नोक्सानी पुग्नेगरेको बताउँदै उहाँले आफ्नो भ्रमणमा अमेरिका–जापानबीच समान व्यापारका लागि आवश्यक सुधारका लागि भ्रमण उपयोगी रहने बताउनुभयो ।
विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीच व्यापार विस्तारका लागि नयाँ सम्झौता गर्ने पनि कार्यक्रम रहेको सन्दर्भमा अमेरिकी राष्ट्रपतिले जापानसँगको असमान व्यापार नीतिलाई सुधार गरी अघि बढ्ने बताउनुभएको हो ।
राष्ट्रपति ट्रम्पले जापानी सम्राट नारूहितोलाई आगामी सोमबार भेट्ने कार्यक्रम रहेको छ भने प्रधानमन्त्री सिन्जो आवेसँग गल्फ खेल्नुहुने छ । उहाँले आफ्नो जापान बसाईमा जापानी राष्ट्रिय खेल सुमो पनि प्रधानमनत्री आबेका साथमा अवलोकन गर्नुहुने छ ।
जापानी प्रधानमन्त्रीले केही समय पहिले वासिङ्टन भ्रमण गर्नुभएको थियो भने जी–ट्वन्टी समूह राष्ट्रको जापानमा हुने सम्मेलनमा भाग लिन अर्को महिनाको अन्त्यमा फेरि जापान आउने कार्यक्रम छ ।एजेन्सी