Logo

रङ्गशालाको काम २० प्रतिशत बाँकी



भूकम्पका कारण क्षतिग्रस्त त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको पुनःनिर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । सरकारले आर्थिक वर्ष २०७५÷७६ को आर्थिक सर्वेक्षण आज सार्वजनिक गर्दै निर्माणाधीन दशरथ रङ्गशालाको अब २० प्रतिशत काम बाँकी रहेको उल्लेख गरिएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्मा पेश गर्नुभएको उक्त आर्थिक सर्वेक्षणअनुसार चालू आवमा सातदोबाटोस्थित पौडी पोखरी र सुटिङ हलको निर्माण सम्पन्न भएको छ । त्यस्तै काठमाडौँको मूलपानीसहित देशको आठ स्थानमा क्रिकेट रङ्गशाला तथा मैदान निर्माणाधीन रहेकामा कीर्तिपुर, भैरहवा, लमही, कोहलपुर र कञ्चनपुरको क्रिकेट मैदान खेल्न योग्य भएको उल्लेख छ । उच्च धरातलीय खेलकूद प्रशिक्षण केन्द्र स्थापनाका लागि लुक्ला, जुम्ला, खप्तड, घान्द्रुक र बाग्लुङमा सम्भाव्यता अध्ययन थालिनेछ । मनाङमा उच्च धरातलीय खेलकूद प्रशिक्षण केन्द्र स्थापनाका लागि निर्माण जारी छ ।

इण्डोनेसियामा सम्पन्न १८आँै एशियाली खेलकूद प्रतियोगितामा नेपालले प्याराग्लाइडिङमा रजत पदक प्राप्त गरेको थियो । त्यस्तै थाइल्याण्डमा सम्पन्न विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपालका बडी विल्डर महेश्वर महर्जनले स्वर्ण पदक जितेका थिए । सो वापत उहाँलाई सरकारले रु पाँच लाख पुरस्कार प्रदान गरेको थियो ।

लामो समयसम्म स्थगित भएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता गत वैशाखमा सम्पन्न भयो । उक्त प्रतियोगितामा नेपाली सेना पहिलो, नेपाल प्रहरी दोस्रो तथा सशस्त्र प्रहरी बल ९एपिएफ० तेस्रो भएको थियो । विराटनगरमा महिला दक्षिण एशियाली फुटबल च्याम्पियनसिप र काठमाडौँमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप सम्पन्न भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्