Logo

उपराष्ट्रपतिद्वारा अष्ट्रियाका राष्ट्रपतिसँग भेट



उपराष्ट्रपति नन्दबहादुर पुनले आज अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन होफवर्गमा भएको सो भेटमा उहाँहरुबीच दुई देशको सम्बन्ध र आपसी सहयोग तथा सहकार्यका विविध विषयमा छलफल भएको थियो ।

भेटमा उपराष्ट्रपति पुनले नेपाल र अष्ट्रिया मित्रवत् मुलुक भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्दै आइरहेको बताउनुभयो । उपराष्ट्रपति पुनले नेपालसँग विभिन्न पक्षमा अष्ट्रियाले गर्न खोजिरेको सहकार्यप्रति खुशी व्यक्त गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो ।

भेटमा अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनले अष्ट्रियाको हालको राजनीतिक प्रक्रियाबारे संक्षिप्त रुपमा जानरकारी गराउनुभएको थियो । भेटमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाशकुमार सुवेदी, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याललगायत सहभागी हुनुहुन्थ्यो । उपराष्ट्रपति पुनले आजै होफवर्ग सङ्ग्राहलयमा भइरहेको नेपाली कला प्रदर्शनीको अवलोकनसमेत गर्नुभएको थियो ।रासस



प्रतिक्रिया दिनुहोस्