Logo

भारतको १५औँ प्रधानमन्त्रीका रुपमा मोदीद्वारा सपथग्रहण



भारतको १५औँ प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीले बिहीबार सपथग्रहण गर्नुभएको छ ।राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले उहाँलाई सपथग्रहण गराउनुभएको हो ।

हालै सम्पन्न १७ औँ लोकसभा निर्वाचनपछि मोदीको पार्टी भारतीय जनता पार्टी भाजपाले अत्यधिक बहुमत ल्याएकाले मोदीले सरकार गठन गर्नु भएको हो । प्रधानमन्त्रीका रुपमा ६८ बर्षीय मोदीको यो दोस्रो कार्यकाल हो ।सपथग्रहण समारोहमा शिर्ष नेता, विदेशी अतिथिलगायत आमन्त्रित विशिष्ट व्यक्तिहरू सहभागी भएका थिए ।

विश्वका विभिन्न देशका नेताहरुलाई आमन्त्रण गर्नेक्रममा मोदीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगसम्बन्धी वङ्गालको खाडीको प्रयास ९बिमस्टेक०का सदस्य राष्ट्रका सरकार प्रमुखलाई उक्त सपथ ग्रहण कार्यक्रममा आमन्त्रण गर्नु भएको थियो । बिमस्टेकमा भारतसहित नेपाल, बङ्गलादेश, भुटान, म्यान्मार, श्रीलङ्का र थाइल्यान्ड सदस्य छन् ।

यस पटकको सपथग्रहण समारोहमा अमेरिका, अष्ट्रेलिया, जर्मनी, बेलायत लगायतका देशका विभिन्न पार्टीका नेताहरुलाई पनि बोलाइएको थियो । सन् २०१४ को निर्वाचनमा २८२ सिट जितेर सरकार बनाएको भारतीय जनता पार्टीले अहिले त्यो भन्दा बढी ३०३ सिट ल्याएर फेरी सरकार गठन गरेको हो ।

कुल ५४३ सिट मध्ये भाजपा नेतृत्वको गठबन्धनले भने ३५३ सिट जित्न सफल भएको छ । प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय काँग्रेस भने नराम्रोसँग खुम्चिएको छ ।



प्रतिक्रिया दिनुहोस्