Logo

दाइजोमा मोटरसाइकल नपाएपछि श्रीमतीको हत्या



काठमडौं १७ जेठ । मोटरसाइकल दाइजो नल्याएको निहुँमा श्रीमती हत्या गरेको आरोपमा महोत्तरीको पिपरा गाउँपालिका–१ का २५ वर्षीय बलेश्वर यादवलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

२० वर्षीया विमलादेवी यादवको हत्यामा माइतीपक्षले किटानी जाहेरी दिएपछि बलेश्वर र उनका बुवा ५५ वर्षीय शंकर यादव पक्राउ परेका हुन् । हत्यामा संलग्न रहेको आरोप लागेका बलेश्वरका दिदीबहिनी र आमा भने फरार रहेको प्रहरीले जनाएको छ ।

कुटपिट गरी १४ जेठमा विमलादेवीको हत्या भएको थियो । –नयाँ पत्रिका दैनिकबाट



प्रतिक्रिया दिनुहोस्