Logo

अध्यक्ष दाहाल भन्छन्ः प्रधानमन्त्री परिवर्तन स्वभाविक हो, सहमति कार्यान्वयन हुन्छ



काठमाडौं १८ जेठ । पहिला नै सार्वजनिक भइसकेको तत्कालीन एमाले र नेकपा माओवादीबीचको सहमति पुनः एकपटक बाहिर आएको मात्र हो, बेला आएपछि त्यसको कार्यान्वयन हुनैपर्छ ।

एक वर्षअघि भएको सहमतिका साक्षी स्थायी समिति सदस्य जनार्दन शर्माले भन्नुभयो– ‘बेला आएपछि नेतृत्व परिवर्तन भएन भनेचाहिँ समाचारको विषय हुन्छ, प्रधानमन्त्री परिवर्तन हुने भनेर तरंग ल्याउनुको अर्थ छैन ।’

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व आलोपालो हुने लिखित सहमति भएको विषय सार्वजनिक गरेपछि पार्टीभित्र नयाँ बहस सृजना भएको छ । सहमति कार्यान्वयन गर्न अझै एक वर्षभन्दा बढी समय बाँकी रहेको छ ।

तर प्रचण्डले एक अन्तर्वार्तामा सरकारको नेतृत्व हेरफेर हुने अभिव्यक्ति दिएको विषयलाई मिडियाले उठाएपछि शर्माले यो टिप्पणी गर्नुभएको हो ।

पार्टी एकतापूर्व नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच पाँचबुँदे सहमति भएको थियो, जुन सहमति सार्वजनिकरूपमा बाहिर पनि आइसकेको छ ।

नेतृत्व परिवर्तन हुँदा पनि नेकपाभित्रबाटै हुने हो । नयाँ गठबन्धन बन्ने कुनै सम्भावना नै छैन। शुरूमा एकतापूर्व एक जना अध्यक्षले सरकार र अर्को अध्यक्षले पार्टीको नेतृत्व गर्ने सहमति भने अझै कार्यान्वय हुन सकेको छैन ।

नेकपाको सचिवालय र पोलिटब्युरोमा बहुमत नेताहरू सरकार र पार्टीको नेतृत्व एउटै व्यक्तिले लिन नहुने पक्षमा देखिएका छन् । -नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot