Logo

प्रधानमन्त्रीबाट मुख्यमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी



प्रधानमन्त्री केपी शर्मा ओलीले उपचाररत प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आज बिहान पुगी उहाँले त्यहाँ मुटुको शल्यक्रिया गराउनुभएका मुख्यमन्त्री पौडेलको अवस्था बुझ्नुभएको थियो । मुटुरोग विशेषज्ञ डा चन्द्रमणि अधिकारीको टोलीले उहाँको उपचार गरिरहेको छ ।मुख्यमन्त्री पौडेको अवस्था सुधारोन्मुख रहेको उहाँका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिनुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्