Logo

राष्ट्रपतिबाट फिर्ता भएको दुई सातासम्म पनि सभामुखको बेवास्ताले विधेयक अलपत्र



काठमाडौं, २२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको राहदानी विधेयक अलपत्र परेको छ ।

सभामुख कृष्णबहादुर महराले चासो नदिँदा विधेयक अलपत्र परेको हो । राष्ट्रपतिबाट विधेयक फिर्ता आएको दुई साता बितिसकेको छ ।

सभामुख महराले विधेयक कसरी अघि बढाउने भन्ने विषयमा छलफल नै थालेका छैनन् । विधेयक फिर्ता भइसकेपछि सरकार तथा दलका प्रमुख सचेतकसँग छलफल गरेर संसदको नियमावलीअनुसार अघि बढाउने दायित्व सभामुखको भएको संसद सचिवालयका एक अधिकारीले बताए ।

अनौपचारिक छलफलबाट कुन प्रक्रियामा लैजाने भन्ने सहमति भएपछि मात्रै विधेयक अघि बढ्ने भएकाले यसमा सभामुखको नै प्रमुख हात हुने उनको भनाइ छ । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्