Logo

राष्ट्र बैंकको ३० वर्षे अवकाश नीति हट्ने



काठमाडौं २३ जेठ । नेपाल राष्ट्र बैंकलाई कर्मचारी अवकाशमा भएको दोहोरो व्यवस्था हटाउन बाटो खुला भएको छ ।

सर्वोच्च अदालतले कर्मचारी व्यवस्थापनका विषयमा राष्ट्र बैंक आफैं निर्णय गर्न सक्ने फैसला गरेपछि ३० वर्षे अवकाश नीति हटाउन बाटो खुला भएको हो ।

न्यायाधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आवश्यक निर्णय गर्ने अधिकार राष्ट्र बैंकमै रहेको फैसला गरेको हो । राष्ट्र बैंकका सहायक निर्देशक ऋतुनाथ लम्सालको मुद्दामा यस्तो फैसला गरेको हो ।

राष्ट्र बैंकमा सेवाका हिसाबले ३० वर्ष र उमेरका हदका आधारमा ५८ वर्ष पुगेपछि अवकाश हुने दोहोरो व्यवस्था छ । राष्ट्र बैंकले ८ असोज २०७४ मा कर्मचारी नियमावली संशोधन गरेर सेवा अवधि ३० वर्ष पूरा गरेका कर्मचारीको अनिवार्य अवकाश पाउने व्यवस्था खारेज गरेको थियो । –राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्