Logo

कर्णाली प्रदेश सरकारले आफ्नै एयरलाइन्स सञ्चालन गर्ने



काठमाडौं २३ जेठ । कर्णाली प्रदेश सरकारले आफ्नै एयरलाइन्स सञ्चालनको तयारी गरेको छ । प्रदेश सरकारले बुधबार संसदमा प्रस्तुत गरेको आव २०७६/७७ को नीति तथा कार्यक्रममा ‘कर्णाली एयरलाइन्स’ सञ्चालन योजना सार्वजनिक गरेको हो ।

यो प्रदेश भौगोलिक रुपमा विकट हुनका साथै सडकको सहज पहुँच छैन । एयरलाइन्स सञ्चालनका लागि आगामी आवभित्रै बजेटको व्यवस्था र अन्य प्रक्रियाका काम अघि बढ्ने आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट



प्रतिक्रिया दिनुहोस्